Logo

रास्वपा भोलिबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने



काठमाडौं, १२ कार्तिक । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै आन्दोलनमा उत्रिएको रास्वपा अब आन्दोलनबाट ब्याक हुने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले भोलिबाट आन्दोलन रोकिने जानकारी दिए ।

यसअघि रास्वपाको आकस्मिक बैठकले केही महत्वपूर्ण निर्णय लिएको थियो । जसमा आन्दोलन परिचालनको जिम्मा उपसभापति डिपी अर्यालले लिएका थिए ।

दलहरुसँगको सम्वादको जिम्मा भने अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले पाएका छन् । तिहार सुरु भएकाले रास्वपा आन्दोलनबाट ब्याक हुन लागेको हो । लामिछानेकी पत्नी निकिता पौडेल साई सहकारीको करोडौं रकम अपचलमा संलग्न रहेको समाचार बाहिरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्