Logo

बलत्कार आरोपमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीले गरे आत्महत्या



काठमाडौं, कार्तिक १२ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका एक जना सशस्त्र प्रहरीले हिरासत भित्रै आत्महत्या गरेका छन्। प्युठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेड क्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिए ।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई ज्वाला माइगण परिसरमा पिङ खेल्न आएका बेला बलात्कार गरेको आरोपमा भालुबाङ स्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए । सोमबार बिहान करिब ५ बजे झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित पचभैया सहित अर्को एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । आरोपित अर्का एक जना प्रहरी हिरासतमै छन् ।



प्रतिक्रिया दिनुहोस्