Logo

धनतेरसको अघिल्लो दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, कार्तिक १२ । धनतेरसको अघिल्लो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले घटेको छ । पछिल्लो समय दैनिक रुपमा बढिरहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्