Logo

डोल्पो समाजद्वारा क्याब्जे दुङशे गाराब रिन्पोछेको भव्य स्वागत



काठमाडौँ, १२ कात्तिक । डोल्पो समाजले भुटानका बौद्ध गुरु पुजनिय क्याब्जे दुङशे गाराब रिन्पोछेलाई काठमाडौंमा स्वागत गरेको छ ।

सोमबार डोल्पो समाजको गुम्बा आरुबारीमा दोश्रो भगवान बुद्ध गुरु रिन्पोछेको (ओग्यन महागुरु) प्रकटीकरण क्याब्जे दुत्ज्योम जिक्डाल हिशे नोर्बुको परमपुत्र क्याब्जे दुङशे गाराब रिन्पोछेलाई स्वागत गरिएको हो ।

डोल्पो समाज काठमाडौं र दुत्ज्यो तेरसार अनुयायीहरुको अनुरोधमा उहाले नेपाल आउनुभएको हो । दुङशे गाराब रिन्पोछेको उपस्थीतिमा समाजले दुत्ज्योम तेरसार प्रणालीद्वारा सामुहिक पुजा, साङसोल र सोल्का जपेका थिए भने रिन्पोछेद्वारा नवनिर्मित डोल्पो समाजको गुम्बा र अन्य भवानहरुको सम्पन्न पुजा र दुत्ज्योम प्रणालीको तोर्मा सशक्तिकरण अभिषेक ग्रहण गर्नुभएको थियो ।

दुङशे गाराब रिन्पोछेले भक्तजन तथा अनुयायीहरुलाई सशक्तिकरण र उपदेश प्रदान समेत गर्नुभएको डोल्पो समाजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्