Logo

अन्नतः आजबाट सञ्चालनमा आउने भयो रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग



रसुवा, कार्तिक १३ । अविरल वर्षाका कारण एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । यसअघि सोमबारदेखि उक्त राजमार्ग सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो ।

अबिरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू(भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चीनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।

अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालनगरिएको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए।

रसुवागढी–केरूङ खण्ड अन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो भने भोटेकोशी नदीको बाढीले सडक बगाएका कारण यो नाका असोज १२ गतेदेखि बन्द थियो ।



प्रतिक्रिया दिनुहोस्