Logo

प्रधानमन्त्री ओली व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक सुरू हुनै ढिला



काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण मन्त्रिपरिषद् बैठक सुरु हुन ढिला भएको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली व्यस्त भएको कारण आज साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक केही बेरमा सुरु हुनेछ ।

बैठक सिंहदरबारमा नै बस्ने उनको भनाई छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउने हल्ला छ । कतिपयले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न लागिएको भनेरपनि अनुमान गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्