Logo

प्रहरीका डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवा



काठमाडौं, कार्तिक १४ । सरकारले नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गरेको हो ।

गत आईतबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि दुवै जनाको नाम सिफारिस गरेको थियो । जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् भने प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगञ्जमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्