काठमाडौं, १४ कार्तिक । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज (बुधबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले सरकार अनुहार हेरेर नभई कानूनअनुसार अघि बढेकोले दोषीमाथि कारबाही गरिने बताए । उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउने क्रममा गुरुङमाथि पनि छानबिन हुने बताएका हुन् ।
यसअघि कांग्रेसका महामन्त्री गगन थापाले पनि धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान हुने र दोषी देखिए कारबाही गर्नुपर्ने बताएका थिए । उनले रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको स्पष्ट पारे । file photo