काठमाडौं, १४ कार्तिक । काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन बंगलादेशले रक्षा गरेको छ । बंगलादेशको जितमा रितुपोर्ना चक्मा नायक बनिन् ।
त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा आज (बुधबार) भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग २–१ ले पराजित बनेको हो । नेपाल उपविजेतामै सिमित भएको हो ।
खेलको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपाका पदाधिकारी र एन्फाका पदाधिकारीलगायतको उपस्थिति थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम