Logo

सरकारले शुभ लक्षण देखाएन, राजनीतिक गन्तव्यपनि स्पष्ट छैन् : हृदयेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान सरकार जनतामा विश्वास जगाउनेगरि खरो उत्रिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका छन् ।

यद्धपी उनले सरकार गठन भएको एक सय दिनमात्रै पूरा भएकोले अहिले नै मूल्यांकन गर्न हतार हुने बताए । उनले भने,‘अहिले नै कमेन्ट गर्न हतार हुन्छ, तर अहिलेपनि शुभ लक्षण भने देखिएको छैन् । अहिले अर्थतन्त्रका चूनौतिहरु थपिँदैछन् । राजनीतिक रुपले पनि एक किसिमले अहिले जनता आशावादतिर फर्किएका छैनन् । जनताको मनोविज्ञान यस्तो छ । राजनीतिक रुपमा गन्तव्य स्पष्ट छैन् । त्यसले गर्दा यो सरकार अलमलिएको देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस्