Logo

तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने



काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि अघि बढेका छन् । कांग्रेस सभपाति शेरबहादुर देउवासँगको समभदारीअनुसार प्रधानमन्त्री ओली तिहारसम्म अध्यादेश ल्याउन रोकिएका हुन् । नत्र उनले दशैंको मुखमा नै अध्यादेश ल्याउने जमर्को गरेका थिए ।

तर, कांग्रेसभित्र यसबारेमा एकमत नभएपछि देउवाकै आग्रहमा प्रधानमन्त्री ओली यसअघि अध्यादेश ल्याउन रोकिएका थिए । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतकाअनुसार अध्यादेश ल्याउने तयारी पूरा भैसकेको छ । अब तिहारलगत्तै अध्यादेश आउनेछ । प्रधानमन्त्री ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई छिन्नभिन्न पार्नेगरि अघि बढेका छन् ।

दल विभाजन हुने सुईंको पाएपछि नेपाल आँत्तिएका खबरपनि सार्वजनिक भैरहेका छन् । यसैबीच प्रधानमन्त्री ओलीलाई भेटेरै विपक्ष दलका नेताहरुले अध्यादेश ल्याईए ठीक नहुने चेतावनी दिएका थिए । उनीहरु प्रधानमन्त्री ओलीलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलपनि गुहार्न शितलनिवास पुगेका थिए । शितलनिवासको भेटमा पनि उनीहरुले यही कुरा दोहोर्याएका थिए ।

दल विभाजनसम्बन्धी अध्यादेश आए रोकिदिनुपर्ने भनेर विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई गुहारेका थिए । यता, प्रधानमन्त्री ओली भने अध्यादेश तयारी अवस्थामा राखेर बसेका छन् । उनले आफूनिकट नेताहरुसँग तिहार सकिनासाथ अध्यादेश ल्याउने भनिसकेका छन् ।

अध्यादेश आए साना दलमा विभाजनको पहिरो नै आउने चर्चा चल्न थालेको छ । कतिपयले त प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) पनि सग्लो नरहने दाबी गरिरहेका छन् । तर, प्रचण्ड स्वयमले भने माओवादीपनि विभाजन गर्न खोजिएको भएपनि उनीहरु सफल नहुने दाबी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्