Logo

रवि लामिछानेलाई म्याद थपको तयारी, त्यसपछिमात्रै रुपन्देही ल्याईने



काठमाडौं, १५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको तयारी गरेको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छ । यी तीनै मुद्दामा बयान नसकिएको कारण प्रहरीले म्याद थपको तयारी छ ।

अहिले तिहार बिदा सुरु भएकोले तिहारको बिदा सकिनासाथ म्याद थपको तयारी रहेको प्रहरीले जनाएको छ । कतिपयले बयान सकिएको भनेर बताईरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन् । लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्