काठमाडौं, कार्तिक १६ । नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाए ।
त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, विवेक यादव र लोकेश बमले एक एक विकेट लिए ।