Logo

घट्यो पेट्रोलको मूल्य



काठमाडौं, कार्तिक १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ परिवर्तन गरिएको मूल्य आजदेखि लागु भएको छ। निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।



प्रतिक्रिया दिनुहोस्