Logo

नेपाललाई शतप्रतिशत क्यासलेस बनाउँदा भ्रष्टाचार अन्त्य हुन्छः जय साह (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । कल्किजम रिसर्च सेन्टरका प्रमुख जय साहले नेपाललाई शतप्रतिशत क्यासलेस कन्ट्री बनाएर भ्रष्टाचारको अन्त्य गर्न सकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्यासलेस गर्दा देशमा विद्यमान सबैखाले समस्या समाधान गर्नसकिने बताएका हुन् ।

आफू प्रमुख रहेको कल्किजम रिसर्च सेन्टरमा अहिले ५० जना अर्थशास्त्री र ५० जना डाक्टरहरु आवद्ध रहेको उनले बताए । नेपाललाई विश्वकै पहिलो हन्डे«ड प्रतिशत क्यासलेस कन्ट्री बनाएर नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको उनले बताए । ‘मसँगग स्मार्ट करेन्सीको कन्सेप्ट छ । विना फोन र विना इन्टरनेट क्यासलेस गर्न सकिने कन्सेप्ट ल्याएको छु । पैसामा बार कोड हुनुपर्यो । प्रत्येक फ्यामिलीका लागि व्यक्तिगत करेन्सी । तपाईँको फ्यामिलीको लागि बनेको पैसा अर्को मान्छेले चलाउन मिल्दैन । त्यस्तो कन्सेप्ट ल्याएको छु,’– उनले भने ।

आफूले नेपाल राष्ट्र बैकमा समेत क्यासलेस करेन्सीको बारेमा सेमिनार गरिसकेको उनले बताए । अहिलेको व्यवस्थामा आफूलाई राज्यले साथ नदिने देखिएको बताउँदै उनले अब क्यासलेस कन्ट्री बनाएर नेपाललाई भ्रष्टाचार मुक्त बनाउन जनमत संग्रहको तयारीमा आफू लागिपरेको उनले सुनाए । जनमत संग्रह गर्दा आफूसँग नेपालका दुई सयभन्दा बढी अर्थशास्त्री र ५ लाखभन्दा बढी युवाहरुको समर्थन रहेको बताए ।

साथै, उनले नेपालमा निःशुल्क शिक्षा, स्वाथ्य र कानुनी सेवाका लागि आर्थिक पोलिसी बनाइसकेको पनि बताए । उनले आफूले बनाएको आर्थिक नीति लागू हुँदा क्रिमिनल केसबाहेक कुनै पनि कानुनी सेवामा र स्वास्थ्य, शिक्षामा जनताले पैसा तिर्न नपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्