Logo

छठपछिको आन्दोलनबाट ३० वर्षदेखि देश कब्जा गर्ने पूराना नेताको पलायन हुन्छ : अमरेशकुमार सिंह (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिले सुदूरपश्चिमका जनता कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत सुन्न तयार नभएको टिप्पणी गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमको भ्रमणबाट फर्किएको बताउँदै उनले त्यहाँका जनताले देउवाको नामसमेत सुन्न नचाहेको दाबी पेश गरे ।

प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा सांसद सिंहले छठपनि सुरु हुने आन्दोलनबाट ३० वर्षदेखि देश कब्जा गरेर बसेका पूराना नेताहरु पलायन हुने दाबीसमेत गरे । उनले सत्तामा बसेकाहरुलाई पनि सत्तामाथि विश्वास नभएर अहिले भित्रभित्र आन्दोलनको तयारी थालेको खुलासा गरे ।

उनले भने,‘उपेन्द्र यादव र सिके राउतपनि आन्दोलनको तयारीमा छन् । सिके राउतले बोलिसक्नुभयो । उपेन्द्र यादवपनि घुमिरहनुभएको छ । राप्रपाले पनि आन्दोलनको तयारी गरेको छ । रास्वपा त आन्दोलनमै छ । अहिले केही दिन आन्दोलन स्थगन् भएको हो । बालेन शाहले पनि भित्रभित्र आन्दोलनको तयारी गरिरहेका छन् ।

उनले सरकारसँग टसल गरिरहेका छन् । माओवादीले पनि आफ्नो साख जोगाउनको लागि आन्दोलनको तयारीमा छ । कसैले समायोजन गरिदियो भने यिनीहरु सबै एक ठाउँमा हुन्छन् । यो सरकार जम्मा दुई जनाको हो, आरजु देउवा र केपी ओलीको हो । पार्टीको भूमिका गौण छ । दलभित्रै लोकतन्त्र छैन् । दलपनिले राजाभन्दा बढि पार्टीभित्र र देशभित्र निरंकुशता लाद्न खोजिरहेको छ । यो कुरा जनताले बर्दास्त गर्दैनन् ।’ उनले मीनबहादुर गुरुङको दाने जग्गा लिने एमालेको निर्णय नै हाकाहाकी भ्रष्टाचार भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्