काठमाडौं, २१ कार्तिक । मिडिया उद्यमी क्याप्टेन रामेश्वर थापाले अमेरिकाको राष्ट्रपतिमा पूनरागमन गरेको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पलाई मेन्सन गरेर बधाई दिएका हुन् ।
राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको सुरुवातको लागि उनले शुभकामना भनेका छन् । राष्ट्रिय राजनीतिबारे बेलाबेलामा टिप्पणी गरिरहने पाइलट थापाले अमेरिकाको राष्ट्रपतिको निर्वाचनको मतपरिणाम आईरहेको बेलामा र ट्रम्पको जित सुनिश्चित् भएको अवस्थामा यस्तो धारणा राखेका हुन् ।
नेपालमा पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको ७ बुँदे सहमति पनि थापाकै चपलीहाईटस्थित् निवासमा भएको थियो । file photo