काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले परराष्ट्रमन्त्री डा. आरजु राणाको कामको प्रशंसा गरेका छन् । उनले अहिले मन्त्री राणाको पर्फर्मेन्सको कारण नेपालको बाहृय सम्बन्ध राम्रो भएको दाबी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो विदेश सम्बन्धको बारेमा राम्रा केही सद्गुण आउन थालेका छन् । दुई मित्रराष्ट्रहरुलाई सन्तुलित बनाउनुभएको छ । बाहृय सम्बन्ध बलियो बनाउनको लागि परराष्ट्रमन्त्री लागिरहनुभएको छ ।’ मन्त्री खतिवडाले उर्जामन्त्री दीपक खड्काको पनि कामको प्रशंसा गरे ।
उनले नेपालको आम्दानीको स्रोत बढाउनेगरि मन्त्री खड्काले निर्णायक भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले नेपाल लगानीको लागि सम्भावना भएको देश भएकोले लगानीको लागि विश्व समूदायलाई सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले नेपालको विकासको लागि पर्यटन क्षेत्र ठूलो आधार भएकोले यसमा ध्यान दिनुपर्ने सुझाव दिए ।