काठमाडौं, २७ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक जारी छ । दिउँसो १ बजेबाट जारी बैठकमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको विषयमा छलफल हुने बताईएको छ । हिजोमात्रै उर्जामन्त्री दीपक खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकारले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका थिए ।
उनले मन्त्रिपरिषद् बैठकको निर्णय नै सार्वजनिक भैसकेको अवस्थामा अब प्राधिकरणको अर्को बैठक बस्न आवश्यक नै नभएको स्पष्ट पारेका थिए । तर, प्राधिकरणले भने लिखित निर्णय आएपनि बक्यौता रकम नतिरेसम्म उद्योगमा लाईन नजोड्ने अडान लिएको छ । file photo