काठमाडौं, कार्तिक ३० । आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक बस्दै छ। यसअघि चैतमा १५ मा समितिको बैठक बसेको थियो। अहिले बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुनेछन्।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा देशको समग्र विकास निर्माणको प्रगति र आगामी कार्ययोजना निर्माणबारे छलफल हुने जनाइएको छ।