काठमाडौं, कार्तिक ३० । आज संघीय संसदका चार वटा संसदीय समितिको बैठक बस्दै छ । जस अहिले बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुँदैछ । त्यस्तै, ११ः३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुँदैछ।
अपराहन्न १ः१५ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुँदैछ ।
त्यसैगरी दिउँसो एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने संसद सचिवालयले जनाएको छ ।