Logo

बयान सकिएको भोलिपल्ट आज रविलाई जहाजमार्फत पोखरा लगिँदै, अहिले भैरहवा विमानस्थलमा



काठमाडौं, ३० कार्तिक । सहकारी ठगी प्रकरणमा पोखराबाट बयानको लागि रुपन्देही ल्याईएका रवि लामिछानेलाई बयान सकिएसँगै पूनः पोखरा लगिन लागिएको छ । प्रहरीले अहिले लामिछानेलाई भैरहवा विमानस्थल पुर्याएको छ ।

उनलाई हिजो रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान लिईएको थियो । बयान राति अबेरसम्म भएकोले हिजो पोखरा फर्काउन नसकिएको प्रहरीको भनाई छ ।

आज भने उनलाई यति एयरलाईन्समार्फत कास्की लग्न लागिएको हो । उनलाई बयानको लागि प्रहरीले पोखराबाट रुपन्देहीपनि विमानमार्फत नै ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्