काठमाडौं, ३० कार्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक जारी छ ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल हुने जनाईएको छ ।
बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । बैठकमा विभिन्न १५ वटा कार्यसूचीमा छलफल हुने यसअघि नै जनाईएको छ । अहिले बैठक जारी छ ।