Logo

उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादीबीच दुई ठाउँमा तालमेल



काठमाडौं, १ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) र नेपा (एकीकृत समाजवादी) बीच दुई ठाउँमा तालमेल भएको छ ।

आज भएको दुई दलका नेताहरुबीचको बैठकले किर्तीपुरको मेयरमा माओवादीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं-१६ को वडाअध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उम्मेद्वार मिनबहादुर मानन्धरलाई सघाउने सहमति गरेको हो ।

दुई दलबीचको उक्त सहमतिपत्रमा माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटाले र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । स्थानीय तहको उपनिर्वाचनको लागि भोलि मंसिर २ गते उम्मेद्वारी दर्ता हुँदैछ । निर्वाचन आयोगले भोलिबाट नै निर्वाचन आचारसंहिता लागु गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्