Logo

डा. मनोज यादवसहित तीन जनाको नाम डिआइजीमा बढुवा सिफारिश



काठमाडौं, २ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे) को बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले बढुवा समिति सचिवालयको तर्फबाट आज एक विज्ञप्तीमार्फत यस्तो जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्