काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताईएको छ ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचन र विभिन्न शक्तिहरुले गर्न लागेको आन्दोलनको विषयमा केन्द्रित भएर दुई नेताबीच छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भैरहेको अवस्थामा विपक्षी दलका नेता पुष्पकमल दाहालले दिएको चाईना कार्डवाला अभिव्यक्तिको विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।
प्रचण्डको उक्त अभिव्यक्तिले देशको अस्मितामाथि आँट आउने काम भएको एमालेको निश्कर्ष छ । यो विषयमा कांग्रेसले पनि आधिकारिक धारणा सार्वजनिक गर्दै दाहालको उक्त अभिव्यक्तिको विरोध गर्नुपर्ने एमाले नेतृत्व पँक्तिको माग छ । file photo