Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं, मंसिर ४ । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने आजको बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाच लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । माओवादी केन्द्रको कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्