काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ठगको संज्ञा दिएका छन् । प्रसाईंले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा भिडिओ सार्वजनिक गर्दै कम्बोडियामा ३२ अर्ब लगानी रहेको भनेका थिए । त्यसको भोलिपल्टै आज एमाले नेता थापाले फेशबुकमार्फत कडा टिप्पणी गरेका हुन् । उनले प्रसाईंले फेक कागजातको कारखानापनि सञ्चालन गर्न सुरु गरेको भन्दै प्रसाईंलाई सिल्ली फ्याउरोलार्य तत्काल नियन्त्रणमा लिनपनि भनेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली९फेक० कागजातको कारखाना पनि संचालन गर्न शुरू गरेछ। विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्! मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्।