काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका मधेश प्रदेशका युवा नेता विकाश ठाकुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन् । प्रसाईंलाई कुपात्रको संज्ञा दिँदै ठाकुरले प्रसाईंले फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रैन भएर देश र जनतालाई नै भिक्टिम बनाउन खोजेको टिप्पणी गरेका छन् ।
ठाकुरले फेशबुकमा लेखेका छन्-
हिजो रवि लामिछानेको टीमले ‘The Dark Files’ नाममा फेक भिडियो सृजना गरेर सन्चारउधमीहरु र अदालतका न्यायाधिशहरुलाई भिक्टीम बनाएको थियो । आज दुर्गा प्रसाई जस्ता कुपात्रहरुले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको नेरु. ३२.५ अर्व लगानी भन्दै फेक डकुमेन्ट बनाएर प्रधानमन्त्रीसहित देश र जनतालाई भिक्टीम बनाउॅदै छ ।
उता, आशिका तामांगहरु क्यामेरा बोक्दै होटल, मल, तरकारी बजार लगायतका ठाउॅहरुमा ‘भाईरल निरीक्षण’ गर्दैछिन् । यी सबै जघन्य अपराध हो । यस्तो छुट कसैलाई दिईनुहुन्न ।
भाईरल हुन र जनतालाई लोकरिझ्याईमा पार्न जे मन लाग्यो त्यो गर्ने छुट कसैलाई दिनुहुन्न । त्यसैले राज्य अब चुप बस्नुहुन्न, स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरुलाई कडा कारवाही गरिनुपर्छ । अन्यथा, यसले आउने समयमा यो भन्दा पनि विकराल रुप लिने निश्चितप्रायः छ ।
प्रधानमन्त्रीको फेक डकुमेनेट बनाउने दुर्गा प्रसाईलाई तत्काल कडा भन्दा कडा कारवाही गरेर राज्यले अराजकता फैलाउनेहरुको गालामा झापड हान्न जरुरी छ । अराजकहरुको मनमा डर सृजना गर्नु जरुरी छ । यसमा एक मिनेट पनि ढिलो गर्नुहुन्न । त्यसैले, दुर्गा प्रसाईलाई कडा भन्दा कडा कारवाही गर्न म प्रधानमन्त्रीज्युसॅग आग्रह गर्दछु । ‘सिंह्म’ स्टाईलमा राज्यलाई एक्सनमा आउन आग्रह गर्दछु । जय नेपाल ! file photo