काठमाडौं, मंसिर ५। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण, पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरेर उनी मंसिर ९ गते फर्किने छन् ।