Logo

कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको हो : कमल थापा



काठमाडौं, ५ मंसिर । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस–एमालेको गठबन्धन नै पवित्र उद्देश्यले नबनेको टिप्पणी गरे । उनले भने,‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको होईन । स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति यो गठबन्धन बनेको हो । यसबाट धेरै ठूलो आशा र भरोसा गर्न सकिन्नँ । अहिलेको देशको विग्रँदो अवस्थालाई दृष्टवत गर्दै भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउनको लागि सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध हुनको निम्ति मोर्चा वा सहकार्य निर्माण गरेर शसक्त गरेर संघर्षमा उत्रिनको निम्ति आग्रह गर्न चाहन्छु ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्ने अभियानमा अग्रसर हुन आग्रह पनि गरे । उनले थपे,‘विगतका सबै कमिकमजोरी सच्याएर हामीबीच एकता हुन जरुरी छ । देशले अहिले विकल्प खोजिरहेको छ । कांग्रेस र कम्युनिष्टको विकल्प जनताले खोजेको छ । कांग्रेस र कम्युनिष्टको एजेण्डा बोकेर हिँड्नेहरु विकल्प हुन सक्दैनन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै थापाले नेपालमा गणतन्त्र प्राप्तपछि नेपाली राजनीति अभिावकविहीन भएको टिप्पणी गरे । उनले देशमा सिमिति दलका सिमित नेताले सिण्डिकेट खडा गरेर सर्वसत्तावादी ढंगबाट राज्य सञ्चालन गरिराखेका आरोप लगाए । उनले भने,‘सर्वसाधरण जनताले न्याय पाउन सकेका छैनन् । लोकतन्त्रको आवरणमा देशमा ब्रमह्लुट कायम रहेको छ । बाहृय शक्ति चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ । धर्मनिरपेक्षताको आडमा सनतान धर्म, संस्कृति र परम्परामाथि योजनावद्ध रूपमा आक्रमण भैराखेका छ । राजादेखि माओवादीसम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकास गर्नु अहिलेको महत्वपूर्ण आवश्यकत्ता हो भन्ने मैले ठानेको छु ।’

उनले संघीयताले देशलाई एकपछि अर्को रुपमा कमजोर तुल्याउने काम गरेको आरोप लगाए । उनले भने,‘अब संघीयतालाई देशले धान्न नसक्ने प्रष्ट भैसकेको छ । नेपालजस्तो सानो र गरिव देशमा सयभन्दा बढि मन्त्रीहरु, एक हजारको संख्यामा सांसदहरु, तीस हजारको संख्यामा कुनै न कुनै सुविधा लिने जनप्रतिनिधिहरुको भीड आवश्यक छैन् । संघीयतालाई देशको आर्थिक अवस्थाले धान्न सक्दैन् । प्रदेश संरचनाको अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा बनेको छ । संघीयता खारेजीतर्फ चाँडोभन्दा चाँडो निर्णय गर्नु उपयुक्त लाग्दछ ।’

उनले अब संविधान संशोधनमार्फत देशलाई अघि बढाउनुपर्ने सुझाव दिए । उनले भने‘सबै विषयलाई केन्द्रविन्दुमा राखेर संविधान संशोधन गर्नुतर्फ अग्रसर गर्नुपर्छ । प्रमुख दलहरुले गम्भीरताका साथ नलिने र सर्वसत्तासवादी ढंगबाट राज्य सञ्चालन गर्ने हो भने निश्चित् छ, संघीयता धर्मरनिपेक्ष गणतन्त्रको अन्तरविरोध, यो संविधानभित्रत्रको रहेको विरोधाभाष दलहरुको अकर्मण्यताको बोझबाट अहिलेको राजनीतिक प्रणाली धराशयी हुनेछ । सडकबाट नयाँ विद्रोह सुरु हुने खतराको संकेत देखापरेको छ । बंगलादेश, श्रीलंका, अफगानिस्तान वा पाकिस्तानको नियती दोहोरिनुअगावै अहिलेको संविधान र व्यवस्थाको कमिकमजोरी सच्याउनेतर्फ साहसिक पाईला चाल्नको निम्ति आजको दिनमा म आग्रह गर्न चाहन्छु ।’

उनले अभियन्ता दुर्गा प्रसाईं पक्राउबारे टिकाटिप्पणी गर्नु आवश्यक नभएको बताए । उनले भने,‘दुर्गा प्रसाईंजीलाई प्रचलित कानुनबोजिम सरकारले अनुसन्धानको निम्ति हिरासतमा लिएको छ । यसविषयमा टिकाटिप्पणी गर्नु आवश्यक ठान्दिनँ । उहाँले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यसकै छानबिनको लागि प्रहरीले हिसरासतमा लिएको हो ।’



प्रतिक्रिया दिनुहोस्