काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति नभएको बताएका छन् । चीन भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री ओलीले आज एमालेद्धारा आयोजित जागरणसभामा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति छैन् । त्यो अवस्थापनि छैन् । तर, उत्पादन बढाउनुपरेको छ । निराश हुने कुरा होईन, आशावादी हुनुपर्छ । आफ्नो ठाउँ बनाउनुपर्छ । आशा जगाउनुपर्छ । अस्तिसम्म केही नभएको देशहरु प्रगतिमा गए । नेपालको सानो जिल्लाजत्रै रहेको सिंगापुर विकसित छ । हामी पनि आशावादी हुनुपर्छ ।’
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने घोषणा गरेका छन् । उनले आफ्नो चीन भ्रमण सफल हुनेपनि दाबी गरेका छन् । चीन जानुअघि बीआरआईमा हस्ताक्षर गर्न नहुने मत राखेको कांग्रेसकै लाईनमा प्रधानमन्त्री ओलीले पनि आज ऋण लिने अवस्था नभएको स्पष्ट पारे । तस्विर : मुकुन्द कालिकोटे