Logo

रवि लामिछानेलाई भविष्यमा निर्वाचनका लागि समेत अयोग्य प्रमाणित गराउन खोजिएको दीपक बोहोराको टिप्पणी



काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले पार्टी सभापति रवि लामिछानेलाई भविष्यमा निर्वाचनका लागि समेत अयोग्य प्रमाणित गराउनेगरि राज्य शक्तिको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँधेर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउन खोजिएको आरोप लगाएका छन् । उनले सहकारी ठगीमा प्रमाण नभेटिएकाले लामिछानेमाथि लगाउन खोजिएको पहिलो अभियोग कमजोर भएको तर्क गरेका छन् ।

हिजो (शुक्रबार) सामाजिक सञ्जाल फेशबुकमार्फत नेता बोहोराले लामिछानेमाथि सहकारीको बचत अपचलनमा प्रमाण रहेको भए मुद्दा लगिसक्ने थिए भन्दै मुद्दा नलैजानुको अर्थ उक्त कसुरमा रवि दोषी नभएको दाबी गरे । उनले लेखेका छन्-

सहकारी ठगीमा प्रमाण नभेटिएकाले लगाउन खोजिएको पहिलो अभियोग कमजोर भयो। यदि सहकारी ठगीमा दोषी देखिन्थे भने २५ दिनभित्र मुद्दा बुझाउनु पर्थ्यो। राज्य शक्तिको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँधेर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउन खोजिनुको मूल उद्देश्य हो, भविष्यमा निर्वाचनका लागि समेत अयोग्य प्रमाणित गराउनु।

सहकारीको बचत अपचलनमा प्रमाण रहेको भए मुद्दा लगिसक्थे। नलैजानुको अर्थ हो त्यो कसुरमा रवि दोषी छैनन्।
मूल मुद्दा सहकारी ठगी थियो भने किन सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भनेर ९० दिन मागियोरु सहकारी ठगी मात्रको अभियोग(पत्र लैजान किन डराएको ?

मूल मुद्दामा प्रमाण नभेटिए छोड्नुपर्थ्यो। तर, कुन कानून आकर्षित गर्दा थप हिरासतमा राख्न सकिन्छ भनेर खोज्दै हिंड्नुको उद्देश्य राजनीतिक प्रतिशोध नै हो। कुनै शंका ?



प्रतिक्रिया दिनुहोस्