Logo

एक वर्षदेखि अध्यक्ष बिहीन धितोपत्र बोर्ड, आज अन्तिम अन्तवार्ता



गण्डकी, मंसिर ९ । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तवार्ता हुँदैछ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनाको आज अन्तवार्ता हुन लागेको हो ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले आज अर्थमन्त्रालयमा अन्तवार्ता लिन लागेको हो । समितिले सूचना जारी गर्दै कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई बोलाएको छ । यसअघिसन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तरवार्ता लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्