काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कामबाट आफूहरु सन्तुष्ट नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो कामको गति बढाउनुपर्ने सुझाव दिए । हिजो (शनिबार) मधेश प्रदेशको लहानमा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् ।
शर्माले चिनियाँ सहयोग परियोजना बीआरआईमात्रै नभएर अरुपनि विदेशी ऋण थुपार्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारे । उनले बीआरआई कुनैपनि हालतमा ऋणमा लिन नहुने जिकिर गरे । शर्माले मधेश प्रदेश सरकारको नेतृत्व अब आफ्नो पार्टीले गर्नेपनि खुलासा गरे । उनले अहिले जनमत नेतृत्वको सरकारले खासै प्रभावकारी काम गर्न नसकेको उनको टिप्पणी थियो ।