काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मंसिर १८ गते (डिसेम्बर ३) मा भेट्ने भएका छन् । यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले चीन पुगेको भोलिपल्ट चिनियाँ राष्ट्रपनि सि जिनपिङसँग भेट्ने भएका हुन् ।
त्यही दिन नेपाल–चीन द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने बताईएको छ । यद्धपी प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको क्रममा बीआरआईसम्बन्धी हस्ताक्षर नहुने स्पष्ट पारिसकेका छन् ।
भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले भ्रमणको लागि सुझाव संकलन थालेका छन्। आज उनले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणपनि स्विकृत गर्ने बुझिएको छ । file photo