Logo

चीनसँग लोन लिनै हुँदैन भनेर नीति बनाउन लागिएको हो भने असाध्यै आपत्तिजनक छ : झलनाथ खनाल



काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको भूराजनीतिक जटिलताभित्र नपर्न कांग्रेस र एमालेलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएर निस्किने क्रममा नेता खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिलेको भूराजनीतिक जटिलताभित्र पर्नुपर्ने आवश्यक छैन् । हाम्रो देशपनि पर्नुपर्ने आवश्यक छैन् । कुनै नेताहरुलाई त्यस्तो कम्पिलेकेशन छ र त्यसैबाट डिप्रेशन पैदा भएको छ भने बेग्लै कुरा भयो । तर, चाहीँ नेपाल एउटा स्वतन्त्र देश हो । हेल्थी ढंगले हामी अगाडि बढ्नुपर्छ । आग्रह र पूर्वाग्रहको पासोमा पर्नुहुँदैन् ।’

प्रधानमन्त्री ओलीले आफूहरुसँगको छलफलमा यसपटकको आफ्नो चीन भ्रमणमा ऋण सम्झौता नगर्ने कुरा प्रष्ट पारेको पनि खनालले सुनाए । उनले बैठकको कुरा सुनाउँदै भने,‘ठीक छ, तपाईंले यो भ्रमणमा लोन सम्झौता गर्नुहुन्न भने त्यो तपाईको कुरा भयो, तर चीनसँग लोन लिनै हुँदैन्, बीआरआईबाट लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाहीँ असाध्यै आपत्तिजनक छ ।’



प्रतिक्रिया दिनुहोस्