काठमाडौं, ११ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज काठमाडौं ल्याउने भनेकोमा भोलिमात्रै ल्याउने भएको छ । आज साँझ ल्याउने भनिएपनि लामिछानेलाई भोलि साँझ वा पर्सी (बिहीबार) विहानमात्रै काठमाडौं ल्याउने भएको हो ।
रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्र काठमाडौं पठाउने भएको छ।