Logo

नेपालमा आर्थिक कुटनीतिको सम्भावना धेरै छ : परराष्ट्रमन्त्री राणा



काठमाडौं, ११ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा आर्थिक कुटनीतिको सम्भावना धेरै रहेको बताएकी छिन् । उनले नेपाली अर्थतन्त्रको सवल पक्ष धेरै हुँदाहुँदैपनि विविध कारणले अपेक्षित गति लिन नसकेको अवस्था चित्रण गर्दै उनले अब विदेशमा रहेका सबै नेपाली मिसनहरुले आर्थिक कुटनीतिलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकत्ता औंल्याएकी छिन् ।

आज (मंगलबार) मन्त्रालयमा आयोजित अन्तरक्रियामा मन्त्री राणाले यस्तो धारणा राखेकी हुन् । उनले सो अन्तरक्रियामा राखेको धारणा यसरी साझा गरेकी छिन्–

नेपालमा आर्थिक कूटनीतिको सम्भावना धेरै छ । नेपाली अर्थतन्त्रका कैयौँ सबल पक्षहरु हुँदाहुँदै पनि विविध कारणले अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको अवस्था विद्यमान छ । यस्तो अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । त्यसैले आज मन्त्रालयमा आयोजित अन्तरक्रियामा नेपालमा लगानी आकर्षित गर्न तथा नेपालका सम्भावना र नेपाली बजारलाई आफू रहेका देशसम्म पुर्याउने प्रयत्न गर्न सबै नेपालका मिसन प्रमुखहरुलाई आग्रह गरेँ । साथै नेपालको आर्थिक कूटनीतिको अवधारणामा समन्वयात्मक रुपमा काम गरी निर्यात प्रवर्धनमा लाग्न नेपाली उद्यमी, व्यवसायीहरुसँग पनि आग्रह गरेँ ।



प्रतिक्रिया दिनुहोस्