काठमाडौं, मंसिर १२ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ३० रुपैँयामा कारोबार भएको थियो ।