काठमाडौं, १३ मंसिर । पररराष्ट्र डा. आरजु राणा देउवा चीन प्रस्थान् गरेकी छिन् । सो क्रममा उनले बीआरआईबारे सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुनै मतभिन्नता नरहेको स्पष्ट पारिन् । दुई दलबीच बीआरआईबारे मिडियाले मतभिन्नता क्रिएट गरेको दाबी गरिन् ।
बीआरआईबारे दुवै दलका नेताहरु बसेर एकरुपता बनाउने काम भैरहेको उनको भनाई छ । बीआरआईबारे दुवै देशबीच छलफल हुने र निश्कर्षमा पुगिने पनि मन्त्री राणाले जानकारी दिईन् । उनले नेपालले आफ्नो हित हेरेर अघि बढ्ने स्पष्ट पारिन् । file photo