मोरङ, मंसिर १७ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा माझीले ६ हजार ९ सय ६९ मत ल्याई नेपाली कांग्रेसका बलराम सरदारलाई १ हजार ६ सय ३६ मतले पराजित गरे ।
बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरेका नछ् । नेकपा (एमाले)का उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत प्राप्त गरे । २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छेदार ग्रामथान गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका शिव नारायण माझी विजयी भएका थिए ।
कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाँउपालिकामा उपनिर्वाचनमा ७१ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेको थियो ।