काठमाडौं, १७ मंसिर । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले रवि लामिछानेलाई अनुसन्धानको नाममा नयाँ नयाँ आरोप थप्दै लगेकोमा असहमति जनाएका छन् । उनले अनुसन्धानमा रहेका रविबारे दोषी वा निर्दोषको फैसला अदालत र कानूनले गर्ने भन्दै त्यसमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् ।
उनले अपराधीले उन्मुक्ति पाउन नहुनेपनि बताएका छन् । तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको टिप्पणी गरेका छन् । उनले लामिछानेमाथि यथाशिघ्र अनुसन्धान टुँग्याई अदालतमा बुझाउन आग्रह गरेका छन् ।
थापाले फेशुबकमा लेखेका छन्-
रवि,छवि,दुर्गा प्रहरी अनुसन्धानमा छन्।निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ।मेरो कुनै टिप्पणी छैन।अपराधीले उन्मुक्ति पाउनु हुंदैन।तर, अनाबश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने,नयां नयां आरोप थप्दै लाने र एकप्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडाभएको छ। याशिघ्र अनुसन्धान टुंगाई अदालतमा बुझाउन आग्रह गर्दछु।