काठमाडौं, २१ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गर्ने काम गरिएको भन्दै विरोध गरेका छन् । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानको लागि चितवनमा राखिएको बेला सो जिल्लाबाट कास्की मध्यरातमा लगिएको घट्नाबारे संविधानविद् आचार्यको यस्तो टिप्पणी आएको हो ।
आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्राउ गर्ने, बयान लिने र ओसारपसार गर्ने सबै काम कानूनतः बर्जित रहेको स्मरण गराएका छन् । उनले रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गरिएको कार्यले विधिको शासनलाई पूनः लज्जित तुल्याएको बताएका छन् ।
आचार्यले सञ्जालमा लेखेका छन्–
शाही आयोगले मध्यरातमा देउवालाई गिरफ्तार गरेको बिरूद्द ०६२जेठ १ गते नेपालमा मेरो लेख प्रकाशित थियो।अपवाद बाहेक नागरिकलाई मध्यरातमा पक्रने,बयान लिने,ओसारपसार गर्ने सबै काम कानूनतस् बर्जित छ।रवि लामिछानेलाई मध्यरातमा ठाउॅं स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुन लज्जित पारेको छ।