काठमाडौं, २५ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले लामिछानेमाथि न्यायपूर्ण तवरले अनुसन्धान कार्य जारी रहेको स्पष्ट पारे ।
आज (मंगलबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । बरु, उनले लामिछानेका समर्थकहरुले अनुसन्धान प्रभावित पार्ने कार्य गरिरहेको आरोप लगाए ।
उनले भने,‘सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्, अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ।’ file photo