काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।
कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।
२०५२ साल मङ्सिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।