Logo

विधायन व्यवस्थापनसहित आज दुईवटा समितिको बैठक बस्दै



काठमाडौं, पुस १ । संघीय संसद् अन्तर्गतका आज दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । दुबै बैठक सिंहदरबारस्थित समितिका सभाहलमा बस्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्