Logo

अमेरिकाको एक विद्यालयमा १७ वर्षीया किशोरीद्वारा गोली प्रहार गरी दुई जनाको हत्या



काठमाडौं, पुस २ । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्डमा अन्य ६ जना विद्यार्थी घाइते भएका छन् । म्याडिसनका प्रहरी प्रमुखले पत्रकार सम्मेलनको गरी घटनाका बारेमा जानकारी गराएका हुन् । तर प्रहरीले हत्यारा र मारिनेको लिंग पहिचान गर्न अस्वीकार गरेका थिए ।

प्रहरीले घटना म्याडिसनका लागि मात्र नभई देशकै लागि दुःखको दिन भएको बताएको छ । साथै समुदायका लागि राम्रो काम गर्नुपर्ने पनि प्रहरी प्रमुखको भनाइ छ । प्रहरीले गोली चलाउनुको कारण पत्ता लगाउन सकेको छैन । अनुसन्धानका लागि संदिग्ध व्यक्तिका परिवारले सहयोग गरिरहेको जनाइएको छ ।

प्रहरीले विद्यालय पुग्दा गोली चलाउने व्यक्तिलाई मृत फेला पारेको जनाएको छ । प्रहरीले पीडित मध्ये कसैको नाम नखुलेको र विद्यार्थी आक्रमणकारीको बारेमा कुनै विवरण दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्