काठमाडौं, ३ पुष । एनसेल उत्कृष्ट करदाताका रूपमा ललितपुर महानगरपालिकाबाट सम्मानित भएको छ । हिजो (मंगलबार) महानगरपालिकाले १०६ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट एनसेललाई सम्मान प्रदान गरिएको हो ।
गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर एनसेलले तिरेको थियो । प्रधानमन्त्री ओली र महानगरका मेयर चिरीबाबु महर्जनले एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरेका हुन् । एनसेलले आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा तीन अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको दाबी गरेको छ ।
एनसेलको फेशबुक पेजमा लेखिएको छ–
‘सबै भन्दा बढी कर तिरेकोमा एनसेल सम्मानित भएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरेका थिए । सबै भन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको हो ।’