काठमाडौं, पुस ४ । भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ। भारतीय सञ्चार माध्यमका अनुसार बुधबार दिउँसो भएको दुर्घटनामा ४ नेवी र ९ सर्वसाधारण गरी १३ जनाको मृत्यु भएको छ ।
८० यात्रु क्षमताको नीलकमल डुंगामा २० बालबालिकासहित एक सय १० जना यात्रु सवार थिए। जसमध्ये १ सय १ जनाको उद्धार गरिएको छ। राज्य सरकारले मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने भएको छ।